सिमानाका खुलाउन माग गर्दै दोस्रो दिन पनि धर्ना जारी

119

संतोष रन्जितकार
वीरगंज, १३ मंसिर ।
नेपाल भारत खुल्ला सिमा सम्वाद समुहको आयोजनामा शुरु भएको अनिश्चितकाल धर्ना प्रदर्शन कार्यक्रम दोस्रो दिन पनि जारी रहेको छ । वीरगंज भन्सार एरियामा मंसिर १२ गते देखि सिमा खुल्ला गर भनी मांग सहित शुरु भएको धर्ना कार्यक्रम शनिबार पनि जारी रहेको हो ।
वीरगंज भन्सार एरियामा मंसिर १२ गते शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म १ घन्टा सिमा खुल्ला गर भन्ने नाराका साथ धर्ना दिदै आईरहेको तथा आज दोस्रो दिन पनि १ घन्टा धर्ना बसेको जसपाका केन्द्रिय सदस्य मुन्नी श्रीवास्तवले जानकारी दिनु भएको छ । जबसम्म सिमानाका खुल्ला हुंदैन तब सम्म धर्ना कार्यक्रम निरन्तर रहिरहने वहाँको भनाई रहेको थियो ।
धर्ना कार्यक्रममा रम्भा मिश्र, शिव पटेल, कृष्णा पटेल, मिनु ठाकुर, प्रतिमा जोशी, जनार्दन यादव, मदन गुप्ता, शेख मुन्ना लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।