खेलले राष्ट्रको पहिचान बढाउने भएकोले खेलको संरक्षण आवश्यक : संयोजक कुर्मी

हिमाल क्लब धोबिनीलाई हराउंदै कालिकामाई क्रिकेट क्लब मुडली बिजयी

41

संतोष रन्जितकार
वीरगंज, १४ मंसिर ।
पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा आइतबारदेखी धामाका क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ ।
नेपाली कांग्रेसको कालिकामाई गाउँपालिका संयोजक राजिन्द्र कुमार कुर्मीले एक कार्यक्रमका बिच सो टुर्नामेन्ट प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
कालिकामाई गाउँपालिका वडा नं. १ ले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै संयोजक कुर्मीले खेलको संरक्षण जरुरी रहेको बताएका थिए । उनले खेलको विकास भए राष्ट्रको पहिचान पनि बढने भएकोले संरक्षण जरुरी रहेको धारणा राखेका थिए ।
प्रतियोगिता अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा कालिकामाई क्रिकेट क्लब मुडली बिजयी भएको छ । हिमाल क्रिकेट क्बल धोबिनी गाउँपालिकालाई २७ रनले हराउदै कालिकामाई बिजयी भएको हो ।
सुरुमा धोबिनी टच जितेर फिल्डि· रोजेपछि कालिकामाई बैटि· गर्दै १९ ओभर ४ बल खेल्दै १७५ रन बनाएको थियो । १७६ रन लक्ष्य पुरा गर्न जवाफी बैटि·मा उत्रेको धोबिनीले १८ ओभर ५ बल खेल्दै पुरै विकेटको नोक्सानीमा १४८ रन मै समेटिए पछि कालिकामाई विजयी घोषित भएको थियो ।
कालिकामाईका सबैभन्दा बढी निमेश पटेलले ७७ रन बनाएका थिए । आइतबारको खेलमा म्यान अफ द म्याच लगातार ३ बलमा ३ विकेट गरी ४ विकेट लिएका बिजयी टिम कालिकामाई कै निपु पटेल घोषित भएका थिए । उनलाई आयोजकको तर्फबाट रु २ हजार एक सय नगद र घडीसमेत प्रदान गरिएको थियो ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता
प्रतियोगितामा नेपाल र भारतको ८ वटा टिमको सहभागिता रहेको छ । सोमबार हुने दोस्रो दिनको खेल नेपालका श्रीसिया र भारत बिहारको सिकटा बिच हुने प्रतियोगिताका संयोजक राजु शर्माले वताए । प्रतियोगिताको बिजेता हुनेले रु १५ हजार र उप विजेताले रु १० हजारसहित शिल्ड पाउने उनले जानकारी दिए ।
वडाध्यक्ष रामशिष यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रामानन्द ठाकुर, पत्रकार शम्भु कुमार सुमन, स्थानिय अगुवा लालबाबु प्रसाद चौरसिया, हरिन्द्र चौरसिया, संजय प्रसाद लगायतको सहभागिता रहेको थियो ।