फेसबुक एकान्ट ह्याक गरि आर्थिक लाभ लिने २ जना पक्राउ

2,032

संतोष रन्जितकार
बारा, १५ मंसिर ।
सामाजिक संजालको दुरूपयोग फेसबुक एकान्ट ह्याक गरि आपराधिक लाभ लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाको सितापुर गाउँपालिका वडा नं.३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिका वडा नं.४ बस्ने २३ वर्षीय मनिषा गिरी रहेका छन् ।
फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार मेरो नाउँमा पठाउ नत्र तिम्रो अश्लिल तस्बिरहरू नेट मार्फत समाजिक संजालमा राखी दिन्छु भनी विभिन्न डर, त्रास देखाई रकम ठगी गरेको भन्ने जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ बस्ने एक जना महिलामार्फत जिल्ला प्रहरी कार्यालय बारामा प्राप्त सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न व्यक्तिको सुराक पत्ता लगाउदै खोजतलाश गर्दै जाने क्रममा दुबै जनालाई मङ्सिर १४ गते पक्राउ गरेको थियो ।
सुनसरी को ईटहरी उपमहानगरपालिका वडा नं.६ ईटहरी बजार अन्तर्गत रहेको आई एम ई बाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकम सहित उनीहरु दुबैलाई पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबै जनालाई आपराधिक लाभ मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दिन को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पंगेनीले बताए ।