सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

70

संतोष रन्जितकार
वीरगंज, १५ मंसिर ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलको आयोजनामा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका वडा नं. १६ स्थित कन्चनज·ा बोडि· स्कुलको प्रा·णमा सोमबार उक्त अभियान सम्पन्न भएको हो ।


सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी रहनु भएका थिए ।


लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बिरगंजका ५ बिधालयका ८,९ र १० कक्षाका २५ जना विद्यार्थीहरुले लै·िक हिंसा सम्बन्धको बिषयमा निबन्ध प्रतियोगितामा सहभागी भएका थिए भने सहभागी विद्यार्थीहरु मध्ये बिजेता पहिलो, दोस्रो र तेस्रोलाई मंसिर २५ गते मुनलाईट बोडि· स्कुलमा प्रमाण पत्र र पुरस्कार समेत बितरण गरिने निर्णायक मण्डलका संयोजक तथा ने.रा. प्रा. स्कुलका भुपु प्रधानाध्यापक बलराम श्रेष्ठले जानकारी गराउनु भएको थियो ।


सो कार्यक्रममा कार्यक्रम संयोजक कंचनज·ा बोडि· स्कुलका डाईरेक्टर मार्टिन मोक्तान, मुनलाईट बोडि· स्कुलका डाईरेक्टर श्याम केसी, सञ्चारकर्मी अजित कुमार भुजेल, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सियाराम नेपाली, सन्जु दाहाल, सल्लाहकार सुशील कुमार बर्णबाल र कोषाध्यक्ष श्री सम्झना मल्ल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सञ्चालन सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सचिव श्रवण रायमाझीले गर्नु भएको थियो ।