अखाद्य तेल उत्पादन गरेको कारणले कैलाश धारा तेल उधोग सिल

899

संतोष रन्जितकार
वीरगंज, १६ मंसिर ।
जितपुर सीमरा उपमहानगरपालिकाको अमलेखगंजमा रहेको कैलाश धारा तेल उधोगलाई सील गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रादेशिक कार्यालय जनकपुरको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा अखाद्य तेल उत्पादन गरेको पाइएकोले उधोगलाई सील गरिएको हो ।
कलौशको त्रिदेव ब्राण्डको तेलमा दुर्गन्धित अखाद्य पदार्थको मिसावट भएको पाइएकोले उधोगलाई शिल गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको अनुगमन टोलीका प्रमुख बरिष्ठ खाद्य अधिकृत बिजय खनालले बताउनु भयो ।
टोलीले थप परिक्षणका लागि तेलको नमुना समेत संकलन गरेको छ । कैलाश धारा तेल मिलमा पुग्दा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने त्रिशक्ति ब्रान्डको आयातित तोरी तेल प्याकमा शंकास्पद देखिएकोले पनि थप परिक्षणका लागि नमुना समेत संकलन गरिएको थियो । नमुनाको थप परिक्षण गरी प्रतिवेदनका आधारमा उद्योगलाई अन्य कारवाही गरिने उनले जानकारी गराएका थिए ।


टोलीले सिमरामा रहेको स्विट्स हाउसमा पनि अनुगमन गरेको थियो । स्विटस हाउसमा आवश्यक सुधारका लागि सात दिनको समय दिइएको उपभोक्ता हित संरक्षण मंचका उपमहानगर अध्यक्ष कमला अधिकारीले जानकारी दिनु भयो ।
अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, खाद्य तथा र गुण नियन्त्रण कार्यालय बिरगंजका प्रमुख बिकि राउत, ईलाका प्रशासन कार्यालय सिमराका गोकर्ण बर्तौला, पत्रकार शारदा पोखरेल, जितपुरसिमरा उमनपा नगर कमिटी सचिव चुडामणी गौतम लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।