केही सञ्चार माध्यमले आफ्नो नाम जोडेर गलत समाचार सम्प्रेषण गरेको छ : श्याम यादव

92

बीरगंज, १७ मंसिर ।
केही संचार माध्यमहरुले गरेको गलत समाचार सम्प्रेषण गरेकोमा छिपहरमाई गाउँपालिकाको मिर्जापुर निवासी श्याम यादवले आपत्ति जनाएका छन् । यादवले संचार माध्यमले गलत समाचार सम्प्रेषण गरेको तथा त्यसमा आफ्नो नाम समेत जोडेकोमा आपत्ति जनाएका हुन् ।
उनले नापी शाखाका अमिन अरुण चौधरीलाई घुस रकम दिएको भन्दै देखाइएको समाचार सत्य नभएको बताए । मेरो हवाला दिएर समाचार बजाइएको, तर म संग कसैले पनि केही सोधेको छैन, मैले कसैलाई केही नबताएको उनले भने । समाचारमा मैले पैसा झिकेर अरुण चौधरीलाई दिएको भिडिया देखाइएको छ यो कुरा सत्या हो । तर त्यो पैसा घुस दिएको होइन, अरुण चौधरीको घरको बिजुलीको बिल तिरेर फिर्ता आएको रकम उहाँलाई दिएको हो । यही दृश्यलाई खिचेर श्याम यादवले घुस दिएको भन्दै प्रशारित समाचार सत्य नभएको प्रष्ट परेका छन् ।
यादवले चौधरीसंग आफनो सम्बन्ध पहिला देखी नै रहेको र नापीमा मेरो पनि जमिन सम्बन्धी मुद्धा रहेको उनले बताए । त्यही क्रममा चीनजान भएको हो, त्यो चीनजानका आधारमा सम्बन्ध पनि राम्रो भएकोले बिजुलीको बिल तिर्न गएको थिए । यादवले आफूले घुस नदिएको, कोही पत्रकारलाई घुस दिएको कुरा नभनेको पनि प्रष्ट पार्दै उनले आफनो हवाला दिएर समाचार आउनुमा गम्भिर षडयन्त्र रहेको आशंका समेत उनले गरेका छन् । उनले आफू सहित राष्ट्रसेवक कर्मचारीको बदनाम गर्ने काममा संचारमाध्यमको प्रयोग भएकोमा दु:ख लागेको बताए ।