जागरण मंच तथा दृष्टि आँखा अस्पतालद्वारा नि:शुल्क आँखा शिविर सम्पन्न

73

संतोष रन्जितकार
वीरगंज, १७ मंसिर ।

समाजिक संस्था, दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरण मंचको आयोजनामा तथा दृष्टि आँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राविधिक सहयोगमा बुधबार जगरनाथपुर गाउँपालिका वडा नं. ४ स्थित श्री ने रा प्रा वि (मोर टोल)को प्रांगणमा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सो शिविर संस्थाको अध्यक्ष बृजेशवर प्रसाद चौधरीको अध्यक्षता सम्पन्न भएको हो ।
महिला पुरुष गरि ११५ जनाको आँखाको चेकजाँच गरिएको थियो भने चेकजाँचमा ३२ जनामा मोतियाबिन्दु समेत देखिएको थियो । मोतियाबिन्दु भएका मध्ये १२ जना स्वास्थ्य बिमाधारक रहेका थिए । स्वास्थ्य बिमाधारकहरुलाई नि:शुल्क नै अप्रेशन गरिने र बाँकी रहेकाहरुलाई ६० प्रतिशत को छुटको साथ अप्रेशन गरिने अध्यक्ष चौधरी जनाएका थिए ।


शिविरमा दृष्टि आँखा अस्पतालका अध्यक्ष डा.विश्वराज गौतम, संजय चौधरी, डा.बसन्त पौडेल, जितेन्द्र राम, शिव प्रसाद, शनि केशरी, उमाशंकर चौधरी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो भने शिविरको संचालन कन्हैया पटेलले गरेका थिए ।