जिपी फाउण्डेशनद्वारा त्रिजुद्ध माविका विद्यार्थीहरुलाई स्वास्थ्य सामग्री वितरण

42

वीरगंज, १६ मंसिर ।
गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले वीरगंजस्थित त्रिजुद्ध माविमा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोरोना महामारी अहिले पनि कायमै रहेको अवस्थामा विद्यालयहरु संचालन गर्दा विद्यार्थीहरुलाई सुरक्षित राख्ने उद्देश्यले जीपी फाउण्डेशनले मास्क र सेनिटाईजर वितरण गरेको हो ।
फाउण्डेशनले त्रिजुद्ध माविमा मंगलबार एक हजार पिस मास्क तथा सेनिटाईजर वितरण गरेको थियो । विश्व नै कोरोना महामारीको कारण अक्रान्त बनेपछि जि.पि.कोईराला फाउण्डेशनले कोरोना महामारीको बारे जनचेतना मुलक कार्य गर्नुको साथै आज माहामारीको प्रकोप बारे १००० स्कुले विधार्थीलाई जनचेतना सहित सेनेटाईजर तथा माक्स वितरण गरेको जि. पी.कोईराला फाउणडेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताएका थिए ।
विगत ८ महिनादेखि कोरोना महामारीको कारणले सरकारले विद्यालयहरु बन्द गर्न निर्देशन दिएको थियो । तर विद्यार्थीहरुको भविष्यको ख्याल गर्दै सरकारले विद्यालयहरु खोल्न आदेश दिएपछि विद्यालयहरु खुलेका छन् । विधालयहरु खुले पश्चात विधार्थीहरुलाई संक्रमण नहोस भन्ने उद्देश्यले त्रिजुद्ध मा.वि.का प्रधानध्यापक हरेन्द्र प्रसाद कुर्मीको हातबाटै विधालयका विधार्थीहरुलाई सो स्वास्थ्य सामग्री वितरण गरिएको फाउण्डेशन पर्साका सचिव धिरज गुप्ताले बताए ।
सो कार्यक्रममा नेपाली कांग्रेस बुथ समितिका अध्यक्ष शेख निजामुदिन, शिक्षकद्वय विष्णु खडका, उर्मिला थापा, राखि सिंह र बिभुषण चौरसिया, फाउण्डेशन पर्साका बाल ईकाई कमिटिका सहबाज हवारी, हासिम हुसैन, साहिल हुसैन लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।