लाठ दाजुभाइको गाेरखधन्धा

2,727

वीरगंज, १७ मंसिर ।
भारत बिहार सितामढी जिल्ला सुरसण्ड विधानसभा क्षेत्रबाट आएका दाजु भाई अनिल लाठ र अजित लाठले वीरगंजको दुई दशकको बसाईमा अरबपत्ति मात्र भएनन २०६३ सालमा सरकारले वितरण गरेको नेपाली नागरिकता पैसाको बलमा खरिद गर्न सफल भए । नेपालमा अनैतिक तवँरले कमाएको पैसा भारतमा व्यवस्थापन गर्न नेपाली नागरिकता हासिल गरेको भएतापनि भारतीय नागरिकता त्याग्न सकेका छैनन ।भारत–नेपाल कुनै मुलुकप्रति बफादार नभएको यो बिहारी मारवाडी दाजु–भाई पैसाको लागि जुन सुकै धन्धा गर्न तयार भएको र छोटो अवधिमै काठमाण्डौं, हेटौडामा जग्गा जमिन जोडेको भएतापनि दुनियाँलाई देखाउन आदर्शनगरमा सानो दोकान खोलेर ठुलो गोदाम राखी ४–५ वटा फर्म खोली धन्धा गर्दै आएका छन् ।