सार्वजनिक सम्पतिको निर्माण मात्रै गरेर हुँदैन त्यसको संरक्षण पनि गर्नुपर्छ : मेयर सरावगी

81

संतोष रन्जितकार
वीरगंज, १६ मंसिर ।
वीरगंज महानगरपालिका वडा नं. ८ मा निर्माण गरिएको धर्मशालाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मंगलबार सो धर्मशालाको उदघाटन गरेका हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले सार्वजनिक सम्पत्तिको निर्माण मात्रै गरेर हुँदैन यसको संरक्षण पनि गर्नुपर्ने बताएका थिए । उनले समाजमा सार्वजनिक सम्पत्तिको संरक्षणमा खासै चासो नदिने गरेको बताउदंै सार्वजनिक सम्पत्ति संरक्षण भए त्यसको उपभोग स्थानीयले नै गर्न पाउने र यसले विकासको आधार पनि तयार हुने बताए ।
धर्मशाला उद्घाटन पश्चात मेयर सरावगीले नगर क्षेत्रमा निर्माण भईरहेका विकास निर्माणका कामको पनि अनुगमन गरेका थिए । स्थलगत अनुगमन गर्दै मेयर सरावगीले ढल र नालाको अवस्थाको बारेमा जानकारी समेत लिएका थिए ।