कटहरिया नगरपालिका ४ का अधिकांश परिवारले अझै ग्याँस सिलिण्डर तथा चुल्हो पाएनन्

25

सत्येन्द्र प्रताप सिंह
रौतहट, १८ मंसिर ।
रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहाले गाउँ गाउँमा अहिले धमाधम ग्याँस सिलिण्डर तथा चुल्हो निशुल्क वितरण गरिरहेका छन ।
मेयर शियाराम कुश्वाहाले अहिलेसम्म नगरभरीमा ९५ प्रतिशत घर परिवारमा ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गरिसकेको दावी गरेका छन तर यस कटहरिया नगरपालिका ४ हर्षाहा टोलका अधिकांश घरपरिवारले अझै ग्याँस सिलिण्डर नपाएको गुनासो गरेका छन ।
कटहरिया नगरपालिका ४ हर्षाहा टोलका नेकपाका नेता गणेश साहले आफना टोलका ६७ घरपरिवारले अझै ग्याँस सिलिण्डर तथा चुल्हो नपाएको बताएका छन ।
हर्षाहा टोलमा जम्मा १ सय २८ घरधुरी रहेको छ जसमम्धे अधिकांश घरपरिवारले अझै ग्याँस सिलिण्डर तथा चुल्हो पाउन नसकेको नेता साहले बताएका छन ।
मेयर कुश्वाहा र वडा अध्यक्ष चन्दन कुश्वाहाले पार्टी हेरी हेरी आफनै पार्टी नेकपाका कार्यकर्ता र नजिकका चुल्हो बाडेको उनको भनाई छ ।
नेकपा पार्टीमा आवद्ध रहेकाहरुले ग्याँस सिलिण्डर तथा चुल्हो पाएपनि कांग्रेस, जसपा लगाएत अन्य पार्टीमा आवद्ध रहेकाहरुले ग्याँस सिलिण्डर तथा चुल्हो नपाएको नेता साहले बताए ।
हर्षाहा टोलका रउदी प्रसाद यादव, रामानन्द प्रसाद यादव लगाएत अधिकांश व्यक्तिहरुले ग्याँस सिलिण्डर तथा चुल्हो नपाएको गुनासो गरेका छन ।
ग्याँस सिलिण्डर तथा चुल्हो वितरणको नाममा मेयर कुश्वाहाले कार्यकर्ता पाल्ने काम मात्र गरेको स्थानीयहरुको भनाई छ ।
मेयर कुश्वाहाले चुनाव जित्नको लागि नै आफनै पार्टीको कार्यकर्ता र आसेपासेहरुलाई मात्रै ग्याँस चुल्हो वितरण गर्न व्यस्त रहेको स्थानीयहरुले बताएका छन ।
ग्याँस सिलिण्डर तथा चुल्हो पाएकाहरु निकै खुसी भएका छन भने पाउन नसकेका नागरिकहरु निकै दुखी भएका छन त्यसैले नपाएकाहरुप्रति पनि नगरपालिकाले केहि सोचिदिनुपर्ने आवश्यकता रहेको देखिएको छ ।