नि:शुल्क नेत्र शिविर सम्पन्न

38

संतोष रन्जितकार
वीरगंज, १८ मंसिर ।
सखुवा प्रसौनी गाउँपालिकाको वडा नं २ श्रीपुर पचगाँवामा नि:शुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ३१ जनाको नेत्र परिक्षण भएकोमा ५१ जनामा मोतिबिन्दु समेत फेला परेको माट्रिका आइ फाउण्डेशनका कोअर्डिनेटर महेश सिंह धामीले जानकारी गराएका हुन् ।
मोतिबिन्दुको समस्या देखिएका ब्यक्तिहरुको माट्रिका आइ फाण्डेशनमा अप्रेशन गरिने समेत उहाँले बताउनु भयो ।

शिविरको आयोजनामा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीको महत्पूर्ण सहयोग रहेको फाउण्डेशनका संयोजक धामीले बताउनु भयो ।
शिविरमा जसपाका केन्द्रीय सदस्य पूर्वमंत्री मोहनलाल चौधरी, बीरगंज महानगरका प्रवक्ता वडा नम्बर १९ का अध्यक्ष संतोष तिवारी लगायत स्थानीय भद्रभलादमीहरुको पनि सहभागिता रहेको थियो ।