राजावादीहरुद्वारा राजतन्त्रको माग गर्दै प्रदर्शन

59

संतोष रन्जितकार
वीरगंज, १८ मंसिर ।
नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा निकै प्रदर्शनहरु भइरहेका छन् । यसैबीच वीरगंजमा बिहिवार राजतन्त्रको माग गर्दै प्रदर्शन गरिएको छ ।
संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । त्यही बेला देखि असन्तुष्ट राजतन्त्रवादी (राजावादीहरु) राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । दिनहुँ जस्तो बाजा–गाजा सहित मोटरसाइकल र्‍याली प्रदर्शन हुँदै आएको छ ।


पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरीक किचलो बढेको र जनता सरकार र दलका नेता प्रति असन्तुष्ट बन्दै गईरहेका बेला देशभर राजतन्त्र पुनस्थापनाका लागि शक्ति प्रदर्शन हुने क्रम बिहीवार बीरगञ्जमा पनि राजावादीहरुले बाजा गाजा का साथ प्रदर्शन गरेका छन् । जनता आउ, राजा ल्याउ भन्ने ब्यानर र प्लेकार्ड सहित प्रदर्शन गरिएको थियो । उनीहरुले गणतन्त्र धोका हो भन्दै देश बचाउन राजा चाहिने बताएका छन् ।
सरकारले राजावादीको प्रदर्शनलाई लक्षित गरी आन्दोलन, धर्ना, सभा, प्रदर्शन गर्न निषेध गरे पनि उनीहरुको प्रदर्शन रोकिएको छैन ।