लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान मुनलाईट स्कुलमा सम्पन्न

64

संतोष रन्जितकार
वीरगंज, १९ मंसिर ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा शुक्रवार मुनलाइट बोर्डि· स्कुलमा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ ।
सो लैंगिक हिंसा विरुद्ध अभियान सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २ का पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र चौहान रहेका थिए ।
कार्यक्रममा मुनलाइट बोर्डि· स्कुलका कक्षा ९ का २५ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो भने उक्त विद्यार्थीहरुलाई लै·िक हिंसा सम्बन्धि सचेतना समेत गराइएको थियो ।


विद्यार्थीहरुलाई लैंगिक हिंसा सम्बन्धि पर्चा पम्प्लेटहरु समेत बांडिनुको साथै यस्तो प्रकारका हिंसाहरु समुदाय समाजमा हुने भएकोले त्यसबारे सचेत रहन तथा कही–कतै देखेमा सम्बन्धित निकायमा जानकारी गराउन समेत भनिएको थियो ।
कार्यक्रममा मुनलाइट बोर्डि· स्कुलका प्राध्यापक श्याम केशीले प्रशिक्षण दिएका थिए ।


कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, कन्चनज·ा इङ्लिस बोर्डि· स्कुलका डायरेक्टर मार्टिन मोक्तान, प्रगती युवा संघका भुपेन्द्र साह, सामुदायिक सेवा केन्द्रका उपाध्यक्षद्वय सियाराम नेपाली र श्रीमती सन्जु दहाल, सचिव श्रवण रायमाझी, सदस्य रामबाबू रायमाझी, ज्ञानमाया रायमाझी, मुन्ना सरार्फ, समुदायिक सेवा केन्द्रका प्रहरी महिला हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक लगायत सञ्चारकर्मीको उपस्तिथि रहेको थियो ।
कार्यक्रम संचालन मुनलाइट बोर्डि· स्कुलका अध्यापक एवम् सन्चारकर्मी हेमन्त ताम·ले गरेका थिए ।