“सिरिसिया सफाई” महाअभियान छैठौं सातामा

154

बीरगन्ज ।
वातावरण: जिउने आधारद्वारा आयोजित “सिरिसिया सफाई” महाअभियान छैठौं सातामा प्रवेश गरेको छ ।

अभियान अन्तर्गत आज रानीघाट-११ र रामगढवा-२४मा सरसफाइ गरिएको थियो । कार्यक्रममा नदि सरसफाइ गर्नुको साथै रानिघाट र रामगढवामा नदि नजिक बस्ने स्थानिय बासिन्दाहरुलाई नदिमा फोहर न फाल्ने बारे जनचेतना समेत दिएको संस्थाका केन्द्रिय कोषाध्यक्ष रोशन पटेलले बताए । `सफा र स्वछ जलको लागि हफ्तामा २ घण्टा´काे नारा लिएर अगाडि बढेकोले आउने हप्ताहरुमा सबैको सहयोग र साथले यो महाअभियान सफल हुनेमा हाम्रो संस्था वातावरण: जिउने आधार आशावादी रहेको उहाँले बताए । सिरिसिया नदि दिन प्रती दिन फोहर हुँदै जानूको साथै बिभिन्न कलकारखानाहरुबाट निस्ने फोहर , घरबाट निकालिएको ड्ल आदिले नदिलाई फोहर गर्नुको साथै धार्मिक समाजिक कार्य नदि किनार व नदि भित्र गर्दा छाला लाई गम्भीर हानी पुर्याउने भएकोले अब यसलाइ सफाइ र पानी लाई स्वछ बनाउने दाइत्वा हामी सबैको भएको उहाँले बताए ।

सरसफाइ कार्यक्रममा बिरगंज महानगरपालीका वडा नं ११का वडा अध्यक्ष प्रधुमन सेढाई,राम जानकि मठका अध्यक्ष तारा चन्द, जिल्ला प्रहरी, ए.डि.आइ मैक्स, अपन राधेमाई युवा क्लब,वातावरण: जिउने आधार पर्साका कर्यकारी अध्यक्ष राजन गिरी, जिल्ला उपाध्यक्ष पवन पटेल,सचिव मुस्कान, प्रभाकर चौरसिया, मयंक गुप्ता,लगायत स्थानीय भद्रभलाद्मीको सहभागीता रहेको थियो ।

सिर्सिया नदी सरसफाईका लागि आफुहरुले सुरु गरेको अभियानमा जोडिन सबै अभियन्तालाई संस्थाले आग्रह समेत गरेको छ ।