आज मिति २०७७ मंसिर २१ गतेको राशिफल

45

आजको पञ्चांग
आज मिति २०७७ मंसिर २१ गते आइतबार, इस्वीसंवत डिसेम्वर ६ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्ष कृष्णपक्षको षष्ठी तिथि रहनेछ । आज अश्लेषा नक्षत्र, विष्कुम्भादि योगमा ऐंद्र, करणमा भद्रा, आनन्दादि योगमा वज्र रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान २६ घटि १ पला अर्थात १० घण्टा ३० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४२ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ७ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः 
मेष राशि भएकाहरूका आज समय पनि समय भरपर्दो रहने छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा बहन गर्नुपर्ने समय रहेकोछ । व्यापार व्यावसायमा सोचेजस्तै नाफा कमाउन सकिनेछ । विद्या तथा प्रतिश्स्पर्धामा तपाई अरुभन्दा अब्बल हुनुहुनेछ । पढाई लेखाई तथा खोजीमूलक कामबाट भनेजस्तो नतिजा ल्याउँन सकिने हुनाले मन प्रशन्न हुनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहेर पनि छुट्टिनुपर्दा मनमा नरमाईलो महसुस हुनेछ । राजनीति तथा समाज सेवामा जनतसँग सन्तुलिन व्यवहार गर्नुहोला । काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारिी व्यावसायबाट मनग्य लाभ लिन सकिने योग रहेकोछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कर्कटः कर्कट राशिका लागि आज पनि समय निकै खराब छ । शत्रुस्थानको चन्द्रमाको प्रभावका कारण बाटो हिड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पानीसँग सम्बन्धित व्यवसाय खस्केर जाने योग रहेकोछ । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेकोछ । मन कमजोर हँने हुँदा पढाई लेखाईमा मन जाने छैन भने अरुभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउँने तथा बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । घर परिवारमा आफन्तबिच मनमुटाव बढ्ने तथा माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ सचेर रहनुहोला ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज आज समय राम्रो छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउँने ग्रहयोग रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि मनग्य रुपैयाँ पैसा कमाउँन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेकोछ । बुवा तथा आफन्तबाट सहयोग पाईने हुनाले महत्वपूर्ण कामहरु समयमा नै फत्ते गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय खराव रहनेछ । नचाहँदा नचाहँदै पनि नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुने हुँदा आवश्यकता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो विवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने तथा बेवास्ता गर्दा ठूलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

तुलाः तुला राशि भएकाहरूका लागि समय पनि अत्यन्त शुभ छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै दैनिकी सुखद् तथा समृृद्ध बनाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लामो दुरीको व्यावसायिक यात्रा हुन सक्छ । पढाई लेखाईमा थोरै समय दिए पनि उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । स्वास्थ्य सबल रहने हुदा शरीरमा एक किसिमको जोश जाँगर आउनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने विलासी तथा भौतिक वस्तु प्राप्तिको गतिलो योग रहेकोछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज समय मध्यम छ । व्यापार व्यावसायमा सन्तोषजनक फाईदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईको काममा सहयोग हुनेछैन । बौदिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

धनुः धनु राशिका लागि आज पनि समय राम्रै रहने छैन । समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिह हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती बिच मनमुटाव बढ्ने योग रहेकोछ । पढाई लेखाईमा प्रशस्त समय दिए पनि सोचेजस्तो नतिजा आउनेछैन ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने तथा घर परिवार तथा पति पत्निबिच घरायसी कुरामा विवाद सिर्जना हुनेछ । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । मनोबल कमजोर हुने हुनाले विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि समय राम्रा छन् । यात्राका क्रममा उपलब्धिमूलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्य आम्दानी गर्न सकिने तथ आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाई लेखाईमा प्रतिष्पर्धीलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज राम्रो छैन । सामाजिक मान सम्मानमा आघात पुग्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न हर कोषिश गर्दा गर्दै नसकिने हुदा आलोचनाको शिकार हुने योग रहेकोछ । घर परिवारबाट टाढा हुनुपर्दा नरमाईलो लाग्नेछ । पढाई लेखाईमा मन नजादा वा घर बस्न मन नलाग्दा अरु भन्दा पछि परिनेछ । आमा वा घर परिवारका आफूले मान्नु पर्ने मानिसहरुको सल्लाह तथा सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्नुहोला । प्रेममा सामान्य खटपट हुने योग रहेकोछ ।

साइतः आज चन्द्रमा कर्क राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।