नगवा युवा समाजद्वारा आँखा तथा मुटु शिविरको आयोजना

38

संतोष रन्जितकार
वीरगंज, २० मंसिर ।
नगवा युवा समाज वीरगंज १६ को आयोजना तथा माट्रिकाआई फाउन्डेसनको सहकार्य र प्रभु अस्पतालको समन्वयमा निशुल्क आँखा तथा मुटु चेकजाँच शिविर सम्पन्न भएको छ ।
नगवा युवा समाज वीरगंजका अध्यक्ष राजेन्द्र कुमार चौरसियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी प्रमुख प्रहरी उपरीक्षक गँगा पन्त रहनु भएको थियो ।
सो शिविरमा १५० जना स्थानीयहरुले आफ्नो आँखाको चेकजाँच गराई शिविरको लाभ लिएका थिए भने आँखाको चेकजाँच भएका मध्ये ४८ जनामा मोतियाबिन्दु समेत देखिएको मेडिकल असिस्टेन्ट सन्जय कुमार ठाकुरले जानकारी गराएका थिए ।
त्यसैगरी सोही शिविरमा ७ महिना देखि ८० वर्षसम्मका स्थानीय बासीहरुले मुटुको समेत चेकजाँच गराएका थिए । मुटु चेकजाँचको क्रममा उच्च रक्तचाप, विभिन्न किसिमको मुटु सम्बन्धि समस्याहरु फेला परेको डाक्टर राधा भट्टराईले बताउनु भएको थियो ।
शिविरमा नगवा युवा समाजका सचिव अरुण चौरासीया, बरिष्ठ सल्लाहकार रामबाबु पासवान, सह–सचिव मुकेश चौरसिया, कोषाध्यक्ष अजय पासवान लगायत स्थानीय भद्र भलादमीहरुको उल्लेखनीय उपस्थित रहेको थियो ।