श्रीसिया स्वास्थ्य चौकीका स्वयम्सेविकाहरुको सम्मान तथा स्टिल दराज प्रदान

90

संतोष रन्जितकार
वीरगंज, २० मंसिर ।
वीरगंजमा १७ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइएको छ । बीरगन्ज महानगरपालिकास्थित श्रीसिया स्वास्थ्य चौकीमा स्वास्थ्य स्वयम्सेविकाहरुको सम्मान कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो । वीरगंज महानगरपालिका कार्यालय अन्तर्गत रहेको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले स्वास्थ्य सेवाका क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेका स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरेको जनाएको हो ।


बीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीरगन्ज महानगरपालिका अन्तर्गतमा रहेका २ सय २ जना स्वास्थ्य स्वयम्सेविकालाई स्टिल दराज उपहार स्वरुप प्रदान गरिएको जनाइएको छ ।
प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन सदैव तत्पर रहने स्वयम्सेविकाहरुलाई प्रोत्साहन गर्नका लागि दराज प्रदान गरिएको हो । स्वास्थ्य सेवा पाउनुपर्ने नैसर्गिक अधिकारको प्रत्याभुति गराउन स्वास्थ्य स्वयम्सेविकाहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको बीरगन्ज महानगरपालिका स्वास्थ्य सेवा प्रमुख अरुण महतोले बताए ।