सगरमाथाको उचाइ भोलि सार्वजनिक गरिने

36

काठमाडौं ।

सरकारले सगरमाथाको नयाँ उचाइ सार्वाजनिक गर्ने भएको छ । नापी विभागले भोलि दिउँसो पत्रकार सम्मेलन गरी सो नयाँ उचाइ सार्वजनिक गर्न लागेको हो ।
यसअघि विदेशी टोलीसमेतको सहभागितामा सगरमाथाको उचाइ नाप्ने काम भएको भए पनि यसपटक भने नेपाली प्राविधिक टोलीले नै सगरमाथाको उचाइ नापेको थियो । सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम सम्पन्न भइसकेको छ । सगरमाथाको उचाइ नाप्ने कामका लागि नापी विभागका कर्मचारीले सगरमाथाको शिखरमा पुगेर तथ्याङ्करू संकलन गरेका थिए ।