सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा लै·िक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

86

संतोष रन्जितकार
वीरगंज, २० मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ पर्साले लै·िक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र छपकैया–२ ले लै·िक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न गरेको हो ।
सामुदायिक सेवा केन्द्र छपकैया–२ ले वीरगंज महानगरपालिका वडा नं. १ बजार छपकैयास्थित पंडित रामदेनि तिवारी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा लै·िक हिंसा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।
सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता तथा वीरगंज–१ का वडा समिति कार्यालयका कार्यवाहक अध्यक्ष नुरआलम मंसुरीको प्रमुख आतिथ्यमा सो अभियान सम्पन्न गरेको थियो ।


सो अवसरमा अध्यक्ष ठकुराईले विद्यालयमा उपस्थिती विद्यार्थीहरुलाई लै·िक हिंसाको बारेमा विभिन्न कुराहरुको जानकारी समेत गराएका थिए । उनले यस्तो हिंसाहरु बालबालिका तथा महिलाहरुमाथि बढी हुने भएकोले सबैले यस्तो हिंसाको बारेमा जानकारी पाउन आवश्यक रहेको तथा कही कतै यस्तो घटनाहरु देखेमा तुरुन्त प्रहरी प्रशासनलाई खबर गर्न समेत सबैमा आग्रह गरेका थिए ।
कार्यक्रममा प्रधानाध्यापक रविन्द्र नाथ तिवारी, सिमा प्रहरी चौकी बजार छपकैयाका ईन्चार्ज प्रहरी नायब निरीक्षक तिर्थ बहादुर खत्री, वडा समितिको कार्यालय वडा नं. १ का महिला सदस्य रिता देवि कलवार, शिव कुमारी देवि, राईजि· वीरगंज नेपालका अध्यक्ष आरजु खान, न्यू ज्योति युवा क्लबका उपाध्यक्ष बिबेक कुमार गुप्ता, नेपाल नेशनल क्लबका सदस्य प्रेम कुमार साह, सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मोहमद अब्दुल हक, सचिव प्रविण बिक्रम शाह, सदस्य अब्दुल कैश मियाँ, अजित कुमार भुजेल, अरुण कुमार गोयल, ऐसहनुल हक लगायतको उपस्थिती रहेको थियो ।