सुवर्ण मन्दिरको जग्गा किर्ते जालसाजी गरेर हत्याउने प्रयास

449

वीरगंज, २१ मंसिर ।
किर्ते जालसाजी गरेर तयार गरिएको कागजातको आधारमा भएको अदालती आदेश र स्थानीय प्रहरी प्रशासनको आडमा राता–रात सार्वजनिक मन्दिरको जग्गा हत्याउने प्रयासलाई स्थानीयबासीहरु एकजुट भएर विफल बनाईदिएको घटना वीरगंजमा उजागर भएको छ ।


नापीको फिल्डबुकमा २०४७ सालको नापी अनुसार २०४९ साल बैशाख ३० गते सुवर्ण मन्दिरको नाउँमा १ कठ्ठा ११ धुर २ कनवा जग्गा दर्ता भएको रेकर्ड देखिन्छ ।

अहिले जग्गाधनी भनेर चर्चामा आएकी नसिमा खातुनको नाउँमा ७ धुर जग्गा कसरी आयो, यसको तथ्य खोज्दै जाँदा ठगहरुको काला कर्तुतको पर्दाफास हुनेमा दुई मत छैन ।

सार्वजजिक महत्वको काम गर्दा मुद्दा मोचन नहुने भएकोले बरु सार्वजनिक जग्गा व्यक्तिको नाउँमा गराउँदा पैसा खान पाइन्छ भनेर स्थानीय प्रहरी प्रशासनका प्रमुखहरु ¥याल काढेर बसेका कैयौ घटनाहरु मध्ये यो पनी एक हो ।

रजिष्ट्रेशन नं. ३६३ रै.नं. १२५४ बाट ३ कठ्ठा १५ धुर र कनवा जग्गा मध्ये जग्गाधनी मुर्लीधर शर्माले १० धुर जग्गा रतन कुमार शर्मालाई सेवा टहल गरेवापत मिति २०४९/४/२६ मा बकस–पत्र गरिदिए ।
सो १० धुर जग्गा र.नं.२३४ बाट रतन कुमार शर्माले मिति २०५१/४/१६ गते आशा देवीलाई बिक्री गरे, रतन कुमार शर्मा हुँदै आशादेवीको नाममा आएको सो १० धुर जग्गा मध्ये ७ धुर जग्गा र.नं. १७१६ बाट बासुदेव मारवाडीलाई २०५६/६/२५ गते आशादेवीले बिक्री गरिन् । बासुदेव मारवाडीले १ लाख ७५ हजार रुपैयामा २०५६/६/२५ अर्थात आफनो नाउँमा आशादेवीबाट आएकै दिन नसिमा खातुनलाई बिक्री गरेको तथ्य प्रमाणबाट देखिन्छ ।मुर्लीधर शर्माको नाउँमा रहेको जग्गाबाट विभिन्न व्यक्तिहरुबाट खरिद भई आएको १० धुर जग्गा मध्ये ७ धुर अहिले नसिमा खातुनको नाउँमा रहेको देखिन्छ ।

नसिमा खातुनले खरिद गरेको जग्गा सार्वजनिक मन्दिरको नभएता पनि कर्मचारीहरुको मिलिभगतमा किर्ते गरेर उनलाई जबर्जस्ती मन्दिरको जग्गाको मालकिन बनाइदैछ ।

बासुदेव मारवाडीको नाउँमा २०५६/६/२५ मा आएको र सोही दिन नसिमा खातुनको नाउँमा पास भएको भएतापनि नापी कार्यालयमा मन्दिरको कि.नं. ५ को १ कठ्ठा ११ धुर २ कनवा जग्गा मध्ये ७ धुर बासुदेव मारवाडीको भएको र सोको कि.नं. ३०२ कायम भएके निर्णय टिप्पणी २०५६/९/२ मा सदर गरेकोले पनी यो सम्पूर्ण गोरखधन्धा पैसाको लागि गरिएको र हिन्दु धर्मावलम्बीको आस्थामाथि गम्भिर प्रहार भएको ठहर गर्न सकिन्छ ।

पैसा तिरेर जग्गा खरिद गर्न भन्दा अगाडी जग्गा धनीले ५० पटक सोच्दछ तर यो जग्गा प्रकरणमा एउटा मारवाडी परिवारले ४ पटक जग्गाको हेराफेरी गरेर एउटा मुस्लिम परिवारलाई मन्दिरको जग्गा कसरी बेच्छ ?

यदी पैसा तिरेर नै खरिद गर्नु थियो भने जानी–जानी एउटा मुस्लिम समुदायको व्यक्तिले मन्दिरको नजिक विवादास्पद जग्गा पैसा तिरेर किन खरिद गर्छ ?

 

 

यस पछाडी लुकेको रहस्य बारे शुक्ष्म अनुसन्धान हुनु पर्ने अवस्था सृजना भएको छ । नक्सा पास नै नगरिकन निर्माण गर्न खोज्दा सम्बन्धित वडाको वडाअध्यक्षले पत्र लेखेर काम रोक्न खोज्दा राती–राती २ बजे प्रहरी खटाएर जेसिबि लगाई मन्दिरको जग्गा किन खनिन्छ जस्ता गम्भिर प्रश्नले उत्तर पाउने अवस्था छैन ।