ब्रीटानियाका मजदुरहरु माथी प्रहरीको चर्को दमन, घटनाको सांसद यादवद्वारा निन्दा

1,087

बिरगंज ।
बहु राष्ट्रिय कम्पनी ब्रीटानिया नेपाल प्रा.लि द्वारा निस्कासित लगभग एक दर्जन मजदुरहरु आफ्नो अधिकारको लागि मुल गेटमा धर्ना प्रदर्शन बिगत केही दिन देखि गर्दै आएका छन् ।

आफ्नो हक अधिकारको लागि धर्ना बसेको मजदुरहरु को समर्थनमा हिजो पर्सा क्षेत्र नं. बाट निर्वाचित सांसद प्रदीप यादव समर्थन जनाउन गएका थिए । सांसद यादवले धर्नामा बसेकाेहरु माथी वर्वर दमन गर्नुको पछाडिको रहस्य खुल्न सकेकाे छैन।
अंकुश दैनिक संग कुरा गर्दै सांसद यादवले मजदुर माथी प्रहरीले अत्यधिक बल प्रयोग गरेकोमा निन्दा गर्नु भयो ।

प्रहरीको कुटाइबाट रबिन्द्र लाल दास,बिरेन्द्र महतो, सुनेस महतो,राकेश ठकुर,अजिज मिया,समीर रायभर, रबिन्द्र महतो र जितेन्द्र राय घाइते भएका छन् भने लालबाबु राय र रामएकबाल कुशवाहालाई श्रीपुर वडा प्रहरी कार्यालयले आफ्नो हिरासतमा राखेको बुझिएको
छ ।