सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा लै·िक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

33

संतोष रन्जितकार
वीरगंज, २१ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलले लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न गरेको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलले वीरगंजस्थित मेरिगोल्ड ईङ्लिस बोडि· स्कुलमा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न गरेको हो ।


सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा र नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जराको प्रमुख आतिथ्य भएको सो कार्यक्रमका बिशिस्ठ अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरिले स्कुलका विद्यार्थीहरुलाई लैङ्िगक हिंसा सम्बन्धि प्रशिक्षण दिनु भएको थियो ।


त्यसैगरी लैङ्गिक हिंसा धेरै प्रकार हुने भएकोले सर्वप्रथम आफ्नो घरबाटै हुने महिला हिंसा रोकथाम गर्न आजैबाट छोरा–छोरी बीच भेदभाव, सासु–बुहारीमा हुने मनमोटाव, बालविवाह, दाइजो प्रथा, सामाजिक, सांस्कृतिक तथा धार्मिक कारणले पनि हिंसा हुने भएकोले नेपाल सरकारले सबै जाती, महिला पुरुष बराबर भएको कानुन समेत निर्माण गरि लागू गर्दा समेत अशिक्षा तथा गरिबीका कारण र चेतना नभएपछि दिनानुदिन महिला हिंसा बढदै गएकोले यसलाई हामी सबै मिली केही हद सम्म न्यूनीकरण गर्न सक्ने प्रमुख अतिथि बन्जराले बताएका थिए ।
सो कार्यक्रममा मेरिगोल्ड स्कुलका प्रधानाध्यापक रबि कोईराला, बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहाल, सचिव श्रवण रायमाझी, सदस्य भवानी घिमिरे, सन्चारकर्मी अजित भुजेल, बिकास साह, प्रहरी हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक लगायत ५० जना स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सन्चारकर्मी हेमन्त तामाङले गरेका थिए ।