आज मिति २०७७ मंसिर २४ गतेको राशिफल

31

आजको पञ्चांग
आज मिति २०७७ मंसिर २४ गते बुधबार, इस्वीसंवत डिसेम्वर ९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार मार्गशीर्ष कृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज मार्गशीर्षकृष्णपक्षको नवमी तिथि रहनेछ । आज उत्तराफाल्गुनी नक्षत्र, विष्कुम्भादि योगमा आयुष्मान, करणमा वणिज, आनन्दादि योगमा प्रवद्र्ध रहनेछ ।

सूर्य वृश्चिक राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान २५ घटि ५७ पला अर्थात १० घण्टा २७ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ४४ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ७ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेषः मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ सूर्यसुताय शनये नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशिका लागि आज भने समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ धर्मराजाय नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ कामदेवाय नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज भने समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । त्यस्वास्थ्य सबल रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहनेछैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ वाग्देव्यै नमः मन्त्र कम्तिमा ७ पटक जप गरी आरम्भ गर्दा शुभ हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि आज भने समय राम्रा छैनन् । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्नुहोला ।

साइतः आज चन्द्रमा कन्या राशिमा छन् त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज बुधबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।