बारा प्रहरीद्वारा लागुऔषध तथा भन्सारछलीका सामानसहित दुई जना पक्राउ

125

संतोष रन्जितकार
बारा, २३ मंसिर ।
बारा प्रहरीले साढे ८ लाख बराबरको भन्सार छलीका सामानसहित एक महिला र साढे ५ सय बोतल लागुऔषधसहित एक युवक गरी दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याइएको साढे ४ लाखको कपडा डेढ लाखको प्याज र तस्करीमा प्रयोग गरिएको साढे २ लाखको चारवटा मोटरसाईकलसहित महिलालाई पक्राउ गरेको हो । उक्त सामानसहित तस्करीमा संलगन रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१ बस्ने ३२ वर्षकी रुवि खातुनलाई पक्राउ गरेको हो ।
यसैगरि साढे ५ सय बोतल अबैध लागुऔषध ओनेरेक्ससहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ पर्नेमा पर्सा पकहामैनपुर गाउँपालिका १ धोरे बस्ने २२ बर्षिय जितेन्द्र सहनी रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश जितपुर तथा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले सहनीलाई जीतपुरसिमरा उपमहानगरपालिका ७ केराढोकास्थित सडक खण्डबाट पक्राउ गरेको हो।
चेकजाँचको क्रममा उनको साथबाट प्रहरीले लागू औषध ओनेरक्स साढे ५ सय बोतल बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिए।अवैध सामान र लागुऔषधसहित पक्राउ परेका दुवैजनालाई आवशयक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको मिश्रले बताए।