ग्रीनसिटी पर्साद्वारा सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना

124

सन्तोष रन्जित्कार,
बिरगंज ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीनसिटी पर्साले सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको प्रमुख पदमा कार्यरत रहि यस क्षेत्रमा ट्राफिक ब्यवस्थापन नियन्त्रणमा ईमान्दारी,अनुसाशित र जिम्मेवारी पुर्ण रुपले उच्च मनोबलका साथ आफ्नो कार्य गर्दै कोरोना भाईरस ( कोभिड -१९ ) महामारीको नियन्त्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको भन्दै प्रहरी निरीक्षक कमल राज पण्डितलाई सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानको नेतृत्वमा रहेको टोलिले खादा लगाउदै मायाको चिनोले सम्मानसाथ बिदाई गरेको थियो ।
प्रहरी निरीक्षक पण्डितले आफ्नो कार्यकालमा सेवा गरि जिल्ला ट्राफिक कार्यालय पर्साबाट काजमा प्रहरी हेड क्वाटर काठमाडौंमा जान लाग्नु भएको प्रहरी निरीक्षक पण्डितले बताउनु भयो ।
सम्मान तथा बिदाई कार्यक्रममा ग्रीनसिटी समुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी केन्द्रका पदाधिकारी लगायत बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेशराज पुरी,श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक साह, बिपत ब्यवस्थापनका प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापति, राकेश अग्रवाल, सुशील कादमिया, रबी बर्नवाल, बब्लु अग्रवाल, रतन टेमानी,अकलेश साह, बुद्धिजीबी, भद्रभलाद्मी र विभिन्न संघ संस्थाका युवाहरुको पनि सहभागीता रहेको थियोे ।
बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक कमम राज पण्डित आफूले आफ्नो कार्यकालमा यहाका जनताहरुको सेवा गर्न पाएकोमा धेरै खुशी लागेको र यहाका जनताहरुले गरेको माया र सहयोग कहिल्यै नभुल्ने र सधै बिरगंजवासीलाई सम्झी रहने बताउदै सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी केन्द्र ग्रीनसिटी लाई विशेष धन्यवाद गरेका थिए ।