चोरी गरिएका दुई थान मोटरसाईकल सहित दुई जना पक्राउ

115

संतोष रन्जितकार
बारा, २५ मंसिर ।
बारा प्रहरीले दुई जना मोटरसाईकल चोरलाई पक्राउ गरेको छ । चोरी गरिएका दुई थान मोटरसाइकलसहित दुवैजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका ७ बस्ने २२ वर्षका मानबहादुर श्रेष्ठ र कृष्ण दर्लामी मगर रहेका छन् । पूर्व–पश्चिम राजमार्ग सडकखण्डको निजगढ नगरपालिका ९ शहिदचोकस्थित इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले सवारी–साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा ६८ प ५५९५ नम्बरका दुई थान पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दा अन्तर्गत जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको बारा प्रहरीले बताए ।