सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियानको समापन

71

संतोष रन्जितकार
वीरगंज, २५ मंसिर ।
समुदाय–प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोलको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. ५ स्थित मुनलाईट ई·िलस बोर्डि· स्कुलको प्राङ्गणमा लैङ्िगक हिंसा विरुद्ध १६ दिने अभियानको समापन गरिएको छ ।


सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा र जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तको प्रमुख आतिथ्यमा सो समापन कार्यक्रम सम्पन्न भएको थियो ।


लैङ्िगक हिंसा, घरेलु हिंसा सर्वप्रथम आफ्नो घर परिवारबाट सुरु हुने भएकोले यसलाई रोक्नको लागि हामी घरबाट लड्न सुरु गर्नु पर्छ अनि समाज र राष्ट्रमा हिंसा केही कम हुन्छ । घरमा हुने हिंसा बाहिर देखिदैन, चाहे शारीरिक होस वा मानसिक रुपमा जुन घरबाट सुरक्षित हुनु पर्ने हो त्यो त्यसले पाईरहेको हुदैन । एउटा व्यक्ति स्वस्थ्य हुनको लागि मानसिक रुपमा, शारीरिक रुपमा दुबै स्वास्थ हुनु पर्ने प्रमुख आतिथ गङा पन्तले बताउनु भएको थियो ।


यहि मंसिर १५ गते गरिएको लैङगिक हिंसा सम्बन्धि निबन्ध प्रतियोगितामा बिजयी छात्र/छात्राहरूलाई सम्मानपत्र, कदरपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रमका वडा नं.५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, सानो पाईलाका कन्चन झा, सनलाईट स्कुलका प्रिन्सिपल आलोक चौरसिया, मुनलाईट स्कुलका प्रिन्सिपल श्याम केसि, कन्चनजंगा स्कुलका डाईरेक्टर मार्टिन मोक्तान, मेरिगोल्ड स्कुलका भाईस प्रिन्सिपल अनमोल कोईराला, शिक्षक राजकिशोर साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायत सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सामुदायिकका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सन्चारकर्मी हेमन्त तामाङले गरेका थिए ।