पेट्रोल र डिजेलको मुल्य बढ्यो

198

काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि भई आएको भन्दै निगमले आज मध्य राती १२ बजेबाट लागू हुनेगरि पेट्रोलमा एक रुपैयाँ, डिजेल र मट्टीतेलमा २ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
योसँगै पेट्रोलको नयाँ बिक्रीमूल्य एक सय ८ रुपैंया र डिजेल र मट्टीतेलको बिक्री मूल्य ९१ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।