फाइजरको कोरोना विरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

22

काठमाडौं  ।

अमेरिकाको खाद्द तथा औषधि विभाग (FDA) ले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।
सो विभागका २३ सदस्यीय टोलीले छानविन पश्चात अनुमति दिएको सीएनएनले जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागलाइ ’खोप तत्काल प्रयोगमा ल्याउन’ दबाब दिएपछि विभागले आजै अनुमति दिएको हो । यसको खोप ९५ प्रतिशत सफल मानिएको छ । कोरोनाका कारण अमेरिकामा हालसम्म करिब तीन लाख मानिसको मृत्यु भइसकेको छ ।
सोमवार वा मंगलवारदेखि खोपको अत्यावश्यक सेवा दिइने कुरा जनाइएको छ । यसले अमेरिकाका कोरोना संक्रमितहरूलाइ राहत दिएको छ ।