“सिरिसिया सफाई” महाअभियान सातौं सातामा

50

बीरगन्ज ।
वातावरण: जिउने आधार(Living with environment )द्वारा आयोजित “सिरिसिया सफाई” महाअभियान सातौं सातामा प्रवेश गरेको छ ।
‘सफा र स्वछ जलको लागि हफ्तामा २ घण्टा´काे नारा लिएर अगाडि बढेको र आउने हप्ताहरुमा पनि हामी सबै हातोमालो गरी यो महाअभियानलाई सफल पर्ने वातावरण: जिउने आधारका केन्द्रिय कोषाध्यक्ष रोशन पटेलले बताए ।
अभियान अन्तर्गत आज बिरगंज-१० अशोकवाटीकामा सरसफाइ गरिएको थियो ।


सरसफाइ कार्यक्रममा बिरगंज महानगरपालि वडा नं १०का वडा सदस्य प्रभु महतो, अरबिन्द साह कानु अशोकवाटिका चौकीका असई रामप्रसाद यादव , ग्रीन आर्मी बिरगंज र बिरगंज महानगरपालिका सफाईकर्मी, वातावरण: जिउने आधारका योजना प्रबन्धक प्रभाकर कु. चौरसिया, सचिव मुस्कान कुमारी, रितिक श्रीवासतव, मनिष गुप्ता, आकाश दास, अभिषेक रौनियार लगायत स्थानीय भद्रभलाद्मीको सहभागीता रहेको थियो । आजको अभियान वातावरण: जिउने आधार बिरगंजका उपअध्यक्ष पवन कु. पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सिर्सिया नदी सरसफाईका लागि आफुहरुले सुरु गरेको अभियानमा जोडिन सबै अभियन्तालाई संस्थाले आग्रह समेत गरेको छ ।