संघीय तथा प्रदेश सरकार विरुद्ध नेविसंघ पर्साद्वारा विरोध प्रदर्शन

36

संतोष रन्जितकार
वीरगंज, २८ मंसिर ।
संघीय तथा प्रदेश सरकारको विरुद्धमा बीरगन्जमा सिठ्ठी बजाउँदै प्रदर्शन गरिएको छ । संघ र प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै खबरदारीका लागि र्‍यालीसहित प्रदर्शन गरिएको हो ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ पर्सा तथा नेविसंघ ठाकुरराम क्याम्पस एकाई समितिले सरकारको विरोधमा र्‍याली प्रदर्शन गरेको थियो । भ्रष्ट र नालायक सरकार विरुद्ध सिठ्ठी फुकौँ भन्ने नाराका साथ बीरगन्जको घण्टाघरबाट सुरु भएको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन: घण्टाघरमा आएर र्‍याली सम्पन्न भएको थियो ।
सम्पन्न सभालाई सम्बोधन गर्दै वक्ताहरुले विकास निर्माणका कार्यहरु त्यागेर भ्रष्टाचारमा लिप्त भएको सरकारलाई खबरदारी गराएका थिए ।
नेवि संघका जिल्ला सभापति विकास तिवारीको अगुवाईमा भएको प्रदर्शमा पुर्व क्षेत्रिय सभापति रंजीत पटेल, सचिव रोशन सिंह, उपाध्यक्ष द्वय साबिर हुसेन, शेशकुमार हजरा, जिल्ला प्रवक्ता केशवराज मिश्र, पुर्व प्रदेश तथा हाल बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसीका जिल्ला अध्यक्ष अभय कर्णलगायतका विद्यार्थी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।