किसान हकहित संघर्ष समितिद्वारा जिप्रका पर्सामार्फत भूमी व्यवस्था कृषि मन्त्रालयलाई ज्ञापन

41

संतोष रन्जितकार
वीरगंज, ३० मंसिर ।
कृषी ज्ञान केन्द्र पर्सा विगत २ महिनादेखि कार्यालय प्रमुख विहिन रहेको छ । कृषी ज्ञान केन्द्र पर्सा कार्यालय प्रमुख विहिन हुदा कृषकहरु विभिन्न सेवा सुविधाहरुबाट बञ्चित भएका छन् ।
किसान हकहित संघर्ष समिति पर्साले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलाई ज्ञापन पत्र बुझाउदै कृषी ज्ञान केन्द्र पर्सा करिब २ महिनादेखी कार्यालय प्रमुख विहिन रहेकोले पर्सेली किसानहरुबाट प्राप्त सेवाहरुबाट बन्चीत रहेको बारे सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहरुम गद्दीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा आ.व. २०७६/०७७ मा ज्ञान केन्द्र पर्साको १०० प्रतिशत बजेट ल्याप्स भएको बताए । उनले प्रदेश नं. २ मुख्यमन्त्री पर्सा जिल्लाकै भएपनि पर्सेली किसानहरुको समस्याको सन्दर्भमा केही नबोली चुप लागेको बसेकोमा आपत्ति जनाएका थिए ।
ज्ञापन पत्रमा ज्ञान केन्द्रबाट आ.व. २०७७/०७८ मा संचालन हुने कार्यक्रमहरु सिचाई यान्त्रिकमा सहयोग, स्यालो टयुबेल, मोटर बिउ अनुदान, बजार सेड निर्माण, प्लान्ट किलनिक संचालन, आकस्मीक बाली संरक्षण, कृषकहरुको क्षमता विकास तालिम, आदी कार्यक्रम जुन किशासनहरुलाई कोरोनाले आर्थिक मार गरेकोमा यसले किसानहरुलाई राहत पुग्नेछ । किसानहरुको मत लिएर जितेका प्रतिनिधिहरुले यस बिषयमा नबोल्नु भोली किसानहरुको आन्दोलन भारतको किसानहरुको आन्दोलनको रुपमा जादा सबै पक्षमा नकारत्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
ज्ञापन पत्र मार्फत नै सम्बन्धित निकायले चाडै भन्दा चाडै कृषि ज्ञान केन्द्र पर्सामा कार्यालय प्रमुखको व्यवस्थापन र उखु किसानहरुको रकम उपलब्ध गराइदिन संघर्ष समितिले माग समेत गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय प्रदेश नं. २, जनकपुर र कृषी तथा पशुपन्छी मन्त्रालय, सिंहदरबार काठमाडौलाई ज्ञापन पत्र बोद्धार्थ गरेको संघर्ष समितिले ७ दिन भित्र माग सम्बोधन नभए आन्दोलन समेत गर्ने चेतावनी दिएको छ ।