बेलायती प्रधानमन्त्री जोनसनले अर्को महिना भारत भ्रमण गर्ने

34

लण्डन ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीका रूपमा उहाँको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उहाँको कार्यालयले मङ्गलबार जनाएको छ । भ्रमणका क्रममा उहाँले आगामी वर्ष बेलायतको आयोजनामा हुने अति विकशित राष्ट्रहरूको समूह (जी–७) सम्मेलनका भारतलाई अतिथि मुलुकका रूपमा सहभागिता जनाउन निमन्त्रणा दिनुहुने कार्यक्रम छ ।

भारतबाहेक उक्त सम्मेलनमा दक्षिण कोरिया र अष्ट्रेलियालाई पनि अतिथिका रूपमा निमन्त्रणा गरिनेछ । अन्तर्राष्ट्रिय अन्तर सरकारी आर्थिक सङ्गठन जी–७ मा सात प्रमुख विकसित देशहरू ः क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिका रहेका छन् । यो समूहमा रहेका मुलुक विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) उन्नत अर्थतन्त्र हुन् ।

प्रधानमन्त्री जोनसनले आफ्नो भारत भ्रमणलाई द्विपक्षीय व्यापार सम्बन्ध र लगानीको सुदृढिकरण र रक्षा, सुरक्षा, स्वास्थ्य र जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहयोग पु¥याउनु रहने बताइएको छ । बेलायतले यूरोपेली संघ (ईयू) को एकल बजारलाई छोडेको दिन डिसेम्बर ३१ पछि पर्ने जनवरी २६ को वार्षिक गणतन्त्र दिवस समारोहमा पर्ने भनिएको यो भ्रमणलाई जोनसनले बे्रक्जिटपछि भारतसँग गर्ने नयाँ व्यापार सम्झौताका बारेमा पनि छलफल गर्ने अनुमान गरिएको छ ।

भ्रमणबारे जोनसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“मेरो अर्को वर्ष हुने भारत भ्रमण विश्वव्यापी बेलायतको लागि एक उत्साहजनक सुरुवात हुनेछ । म यति वेला हाम्रो सम्बन्धलाई कडा परिवर्तनका लागि हुने सम्बन्ध विस्तारका रूपमा लिएको छु ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मबीच सम्बन्धलाई थप बलियो बनाउने विषयमा सफलता दिन प्रतिवद्धता व्यक्त भइसकेको छ ।” बेलायतको आयोजनामा गत हप्तान्तमा सम्पन्न जलवायु सम्मेलनमा सहभागी हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जोनसनले भारत भ्रमण गर्न लाग्नुभएको हो ।