संवैधानिक परिषद् अध्यादेश तत्काल खारेज हुनुपर्छ : प्रचण्ड

54

काठमाडौं :

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्ने बताएका छन्।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरे लगत्तै प्रतिक्रिया दिँदै प्रचण्डले तत्काल खारेज हुनुपर्ने बताएका हुन् ।

‘पार्टी स्थायी कमिटी बैठक बसिराखेको अवस्थामा अर्को बाटोबाट भर्खरै राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल खारेज हुनुपर्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले अन्नपूर्ण अनलाइनसँग भने ।

प्रचण्डले सबै राजनीतिक दलले संसद अधिवेशन आह्वान गर्न माग गरिराखेको अवस्थामा अध्यादेश ल्याउनु गलत भएको भन्दै यस्तो बताएका हुन् ।

‘संसद अधिवेशन आह्वान गर्न विभिन्न दलले माग भइराखेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै सापकोटाले भने, ‘यो बदनीयतपूर्ण छ त्यसैले तुरुन्त खारेज हुनुपर्छ ।’