निमित्त प्रमुख सुमन झासहित ५ जना जेल चलान

1,443

वीरगंज ।
वीरगंज महानगर-५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा किर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पूर्पक्षको लागि थुना आदेश गरेको छ ।
आज पर्सा जिल्ला अदालतका न्यायाधीश हरिकृष्ण श्रेष्ठले किर्ते जग्गा नामसारी प्रकरणमा पक्राउ परेका मालपोत प्रमुख झा, नायब सुब्बा श्रीनारायणप्रसाद साह, किर्ते जग्गा प्रकरणका मुख्य अभियुक्त केवलप्रताप राणा, जग्गा कारोबारी विश्वास तिवारी र लेखनदास प्रमेश साह कानूलाई पूर्पक्षको लागि थुना आदेश दिएका हुन् । यही मुद्दामा पक्राउ परेका लेखनदास अमर साह कानू रु १ लाख धरौटीमा रिहा भएका छन् ।