अवैध रुपमा भण्डारण गरेको प्याज बरामद

59

संतोष रन्जितकार
वीरगंज, १ पुस ।
पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी अबैध रुपमा भण्डारण गरेको प्याज बरामद गरेको छ । वीरगंज महानगरपालिका–६ का बलिरामजी प्रसादले मिना बजारस्थित आफ्नै पसल पछाडी रहेको जग्गामा अबैध रुपमा भण्डारण गरी राखेको २१ टन अबैध प्याज बरामद गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले आईतबार मिना बजारस्थित उनको पसलमा छापामारी गर्दा पसल पछाडी रहेको जग्गामाबाट उक्त प्याज बरामद भएको हो ।
बरामद प्याज अन्दाजी रु.१३ लाख २५ हजार १ सय ७० रुपैया बराबरको रहेको प्रहरीले जनाएको छ ।