समाजमा हुने गरेको अपराध न्यूनीकरण गर्न समुदाय र प्रहरी एक हुनुपर्छ : एसपी पन्त

एक दिने मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टाईगर टिम बिजयी

56

संतोष रन्जितकार
वीरगंज, १ पुस ।
विपद व्यवस्थापन गुल्म २ नं. प्रदेश बिरगंज पर्साका आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानिय क्लब, विभिन्न संघ संस्था, ग्रिन सिटी र नेपाल प्रहरी बिच एक दिने मैत्री पुर्ण क्रिकेट प्रतियोगिताको आयोजना सम्पन्न भएको छ । बिपद ब्यवस्थापन बिरगंज पर्साका प्रहरी निरीक्षक सरोज प्रजापतिको अध्यक्षतामा सो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता समपन्न भएको हो ।
सो प्रतियोगिताको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक ग·ा पन्त रहनु भएको थियो । प्रमुख आतिथी पन्तले खेलको सुरुवात सिक्का उछाली खेल मैदानमा बैटि· गर्दै खेलको शुभारम्भ गर्नु भएको थियो ।


सो प्रतियोगिता बिरगंज टाइगर टिम र नेपाल प्रहरी बिच भएको थियो । बिरगंज टाइगर टिमको कमाण्ड अनुप अग्रवालले सम्हालेका थिए भने नेपाल प्रहरीका कमान्ड श्री किशोर ठाकुरले सम्हालेका थिए ।
१२ ओभरको खेल प्रतिस्पर्धामा टस जिती नेपाल प्रहरीले पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो भने बैटी·मा उत्रीएका बिरगंज टाइगर टिमले १२ ओभर ८ वीकेट गुमाउँदै ७० रन जोड्न सफल भएका थिए भने दोस्रो राउण्डमा नेपाल प्रहरी टीमले १२ ओभर खेल्दै ८ वीकेट गुमाउदै ६५ रन मात्र जोड्न सकेको थियो ।


सो खेलको बिजयी बिरगंज टाइगर टीम भएको थियो । दुबै टिमका राम्रो खेल्ने खेलाडी बिरगंज टाइगर टीममा अन्कित खेतान र नेपाल प्रहरीका रबी चन्द्र धामीलाई जिल्ला प्रहरी कर्यालाय पर्साकी प्रहरी उपरीक्षक ग·ा पन्तले रु ११ सय पुरस्कार समेत प्रदान गरेकी थिइन् भने बिजयी टीम लाई रु ५१ सय रुपैयाको राशी पुरस्कार बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पन्तले सामाज राम्रो बनाउन अपराध न्यूनीकरण रोकथाम गर्नको लागि समुदाय बिनाको प्रहरी एक्लो सम्भव न हुने बताइन । जस्तै एउटा टिमले मात्र खेल प्रतियोगीता सम्भव न रहेको र खेल खेल्न दुई टिमको आवश्यक रहेकोले प्रहरी र समुदाय बिच भएको मैत्रीपुर्ण खेलले राम्रो सन्देश जाने उहाँको भनाइ रहेको थियो ।


मैत्रीपुर्ण खेल प्रतियोगिता भएकोले एनसेल कम्पनीका डिलर सन्जय अग्रवालले निशुल्क एउटा सिममा अर्को सिम फ्री गरी ५० जना भन्दा बढीलाई एनसेलको मोबाइल सिम बितरण गरेका थिए ।
आजको खेलमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र समुदाय प्रहरी सेवाका अध्यक्ष जय प्रकाश खेतान, अकलेश साह, दिलिप राज कार्की, सन्दिप महतो, राजन कुमार कानु, सन्जय शर्मा लगायत विभिन्न संघ संस्थाबाट आएका युवाहरुको सहभागीता रहेको थियो ।