१२ प्रजिअकाे सरुवा

788

काठमाडौं, ३ पुस । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु प्रजिअको सरुवा गरेको छ । पुस ९ गतेको मन्त्रीस्तरिय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको बताइएको छ ।

जसमा गृहमन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पठाइएको छ । त्यस्तै तेह्रथुमका प्रजिअ विश्वराज न्यौपानेलाई गृह मन्त्रालयमा ल्याइएको बताइएको छ ।

धनकुटाका प्रजिअ केशवप्रसाद विमली महोत्तरीमा, गृह सहसचिव बासुदेव दाहाल धनकुटामा, जिल्ला प्रसाशन रामेछापका प्रजिअ रुद्रादेवी शर्मा गुल्मीमा, पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मा रामेछापमा, अध्यागमन अधिकृत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका कृष्णप्रसाद भण्डारी भोजपुरमा पठाइएकाे छ ।

गृहका उपसचिव माधवप्रसाद ढकाल डोल्पामा, मुगुका प्रजिअ कृष्णकुमार निरौला सिराहामा , गृहका उपसचिव मित्रलाल शर्मा खोटाङमा, इलाका प्रसाशन कार्यालय कटारी उदयपुरका उपसचिव चन्द्रबहादुर शिवाकोटी मुगुमा र गृमका उपसचिव पुन्यप्रसाद ढकाल पाँचथरमा सरुवा हुनु भएको हो ।