अव्यवस्थित तरिकाले पार्कि· गरिएका चारपाङ्ग्रे तथा मोटरसाइकलहरु कारवाहीमा, आदर्शनगर भित्र पर्ने चौकहरुमा चारपाङ्ग्रे पार्किङ्गमा निषेध

150

संतोष रन्जितकार
वीरगंज, ३ पुस ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रबार वीरगञ्जमा ट्राफिक सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र जिल्ला ट्राफिक कार्यालय पर्साको संयुक्त आयोजनामा ट्राफिक ब्यवस्थापनलाई निरन्तरता दिइदै वीरगञ्जको आदर्शनगरको विभिन्न चौक पसल छेउछाउ बटुवालाई सवारीसाधन पार्कि· र ट्राफिक नियम सम्बन्धि पर्चा बाँडेर जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
अव्यवस्थित तरिकाले फुटपाथमा पार्कि· गरेर राखिएका सवारी साधन चारपा·्रे कार र ५० वटा भन्दा बढी मोटरसाइकललाई कारवाही गरिएको थियो । कारवाही गरिएका मोटरसाइकल धनीहरुलाई नियमको जानकारी गराउदै एकपटकको लागी चेतावनी दिएर सवारी साधन छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक कमल नेपालीले अंकुश दैनिकलाई जानकारी गराएका थिए ।
वीरगञ्ज महानगरपालिकाको लोहारपट्टी चोकदेखि आदर्शनगरको विभिन्न चौकसम्म चार पा·्रे सवारीसाधनलाई पार्कि·मा निषेध गरिएको छ । चारपा·्रे सवारी पार्कि·ले गर्दा साँगुरो सडकमा जाम लाग्ने र समय–समयमा दुर्घटना निम्त्याउन सक्ने भन्दै स्थानीय समुदायको सहजताको लागि ब्यवस्थित गर्न यस्तो नियम लगाइएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको भनाइ रहेको थियो ।
अध्यक्ष खेतानले भने स्थानीय र विभिन्न पसल ब्यवसायीको सहमतिमा लोहारपट्टी चोकदेखि आदर्शनगरको विभिन्न चौक तथा सडकमा चारपा·्रे सवारीसाधनलाई पार्कि·मा निषेध गरिएको बताएका थिए ।
सोही सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी निरीक्षक सुमन कार्कीले स्थानीय समुदाय बिनाको ट्राफिक ब्यवस्थापन गर्न कठिनाइ रहेको र स्थानीय समुदायको सहयोग प्राप्त भए चाँडै नै ट्राफिक ब्यवस्थापन गर्न सकिने भनेका थिए ।
कार्यक्रममा आदर्शनगर चौकीका इन्चार्ज प्रहरीका नायब निरीक्षक गोकुल बलाय, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरीका इन्चार्ज हरि भुषाल, ब्यवस्थीत बिरगंजका दिलिपराज कार्की, नगर प्रहरीहरुको उपस्थित रहेको थियो ।