साहिब दरबार सेवा संस्थानद्वारा नि:शुल्क आँखा शिविरको आयोजना

48

संतोष रन्जितकार
वीरगंज, ३ पुस ।
साहिब दरबार सेवा संस्थान र जसपा नेपाल बीरगंज महानगर कार्य समितिको संयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । सो शिविर बीरगंज महानगरपालिका वडा नं. ३० लालपर्सास्थित धर्मशालाको प्रा·णमा सम्पन्न भएको हो ।
उक्त शिविर माट्रिका आई फाउण्डेशनको सहयोगमा संचालन गरिएको थियो ।


शिविरमा लालपर्साका बासिन्दाहरु आफ्नो आँखाको चेकजाँच गराई शिविरको भरपुर लाभ उठाएका थिए । अहिलेको समयमा मोबाईल, कम्प्युटर, लैपटप जस्ता प्रविधिहरुको प्रयोग तथा खानामा चाहिने जति पौष्टिक तत्वहरुको कमीको कारणले गर्दा वृद्धदेखि बालकसम्मको आँखा चाँडै नै बिग्रन जान्छ तथा ग्रामिण भेगमा बसोबास गर्नेहरु प्राय: ज्यालादारी तथा विपन्न वर्गका हुने गरेकाले उनीहरुले आफ्नो आँखाको चेकजाँच गराउन समेत धौं–धौं परिरहेको कारणले साहिब दरबार र जसपा महानगर कार्यसमितिले सो क्षेत्रमा नि:शुल्क आंखा शिविर संचालन गरेको जसपाका नेता राजेशमान सिंहले बताउनु भएको थियो ।


सो शिविरमा २३१ जना महिला तथा पुरूषले आफ्नो आँखाको परिक्षण गराएका थिए भने ७५ जनामा मोतियाबिन्दु समेत फेला परेको माट्रीका आई फाउण्डेशनका महेश सिंह धामीले जानकारी गराएका थिए ।
मोतियाबिन्दु देखिएको व्यक्तिहरूको यही पुष ५ गते देखि नि:शुल्क माट्रीका आई फाउण्डेशनमा शल्यक्रिया गरिने समेत धामीले बताए ।
लालपर्सा–३० का युवा नेता हरेराम गुप्ताको सक्रियतामा संचालन गरिएको शिविर कार्यक्रममा जसपाका जिल्लाका वरिष्ठ नेता प्रेम बाबु पटेल, युवानेताहरू मुकेश द्विवेदी, अमोद यादव, महानगर अध्यक्ष लियाकत अली, स्थानीय नेताहरू दिनानाथ मण्डल, गगनदेव यादव, नागेन्द्र यादव, ओमप्रकाश साह, रोशन श्रेष्ठ, सोनालाल महतो, राधेश्याम गुप्ता, माइकल मण्डल, माट्रिका आई फाउण्डेशनका रूबी राउत लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।