बेलायतमा चौथो चरणको लकडाउन घोषणा

26

लण्डन ।

बेलायत सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि चौथो चरणको कडा लकडाउन घोषणा गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले पत्रकार सम्मेलन गर्दै लकडाउनको घोषणा गरेका हुन् ।

चौथो चरणको प्रतिबन्ध लागू भएका क्षेत्रमा नागरिकलाई घरभित्रै रहन भनिएको छ । एउटा क्षेत्रबाट अर्को क्षेत्रसम्म मानिसहरु भेटघाटमा जान समेत प्रतिबन्ध लगाइएको छ ।

चौथो चरणको लकडाउन पूर्वी र दक्षिण इंग्ल्यान्डका केहि क्षेत्रसमेत लण्डनमा आइतबारदेखि लागू हुनेछ । सरकारले क्रिसमसका लागि यसअघि पाँच दिनसम्म छुट दिने निर्णय भएको थियो । त्यसलाई घटाएर क्रिसमसको एक दिनमात्र नागरिकले कोरोनामा सुरक्षा मापदण्डबाट छुट पाउने व्यवस्था गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि युरोपेली देशमा क्रिसमस र नयाँ बर्षमा थप प्रतिबन्धहरु घोषणा गरिएको छ । जर्मनीमा एक साता अघि नै लकडाउन लागू गरिएको छ । फ्रान्समा रात्रीकालिन कफ्र्यू लागू भएको छ । अधिकांश देशले नयाँ वर्षसम्म लक्षित गरेर जनवरीसम्मका लागि कडा प्रतिबन्ध घोषणा गरेका छन् ।