प्रधानमन्त्री ओलीले संघीय गणतन्त्रमाथि प्रहार गरेका छन् : नेका केन्द्रिय सदस्य संग्रौला

31

संतोष रन्जितकार
वीरगंज, ५ माघ ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले प्रधानमन्त्री ओलीले संघिय गणतन्त्रमाथी प्रहार गरेको आरोप लगाएकी छिन् ।
वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ संगौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तरिकाले संसद विघटनको सिफारिस गर्दा हामीले संविधान विपरित काम नगर्न राष्ट्रपतिलाई आग्रह गर्दा पनि उनी प्रधानमन्त्रीको रबर स्टाम हुदै गर्दा मुलुकको गणतन्त्रमाथी पनि प्रहार भएको वताइन ।
संसद विघटनको मुद्दा सर्वाेच्चमा विचारधिन रहेको अवस्थामा कार्यपालिका प्रमुख प्रधानमन्त्री ओलीले न्यायलयलाई धमकाउदै हिंडेको वताइन । उनले प्रधानमन्त्री ओलीले संसद पुन:स्थापन नगर्न सर्बाेच्च अदालतसहित पूर्व प्रधानन्याधिशहरुलाई पनि धम्कयाईरहेको आरोप लगाइन ।
अलोकतान्त्रिक, असंबैधानिक संसद विघटन संघीय गणतन्त्रमाथिको प्रहार रहेको बताउँदै नेतृ संग्रौलाले कार्यपालिका प्रमुखले नै न्यायपालिकालाई धम्कयाउदै गर्दा देशलाई बन्धक बनाउन खोजिएको संकेत भएको बताईन ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र गणतन्त्र विरोधी प्रतिगामी कदम रहेको स्विकार गरिसकेको र त्यसको विरोधमा देशभर आन्दोलनमा रहेको वताइन । विघटित संसदको सांसद समेत रहेकी नेतृ संग्रौलाले नेपाली कांग्रेस संसद पुन:स्थापनको पक्षमा रहेको प्रष्ट पारिन ।
उनले नेपाली जनताले नेपाली कांग्रेसलाई ५ बर्ष प्रतिपक्षमा बस्न र नेकपालाई ५ बर्ष सम्म सरकार चलाउन म्यान्डेड दिए पनि नेकपालाई त्यो नपचेको वताइन ।
जनताले नेकपालाई ५ वर्षसम्म सुशासन, समृद्धिसहितको स्थायी सरकार चलाउन जनादेश दिएपनि जनतालको म्यान्डेडलाई लत्याएर ओलीले मुलुकलाई अन्धकार, जटिलतातिर लगेका नेतृ संग्रौलाको भनाई थियो ।
‘‘नेकपाको सरकार बनेको ३ वर्षभित्र ३ वर्षे बालिकादेखी ७० बर्षकी आमा समेत बलात्कृत भएको वताइन । त्यसको जवलन्त निर्मला पन्त रहेकी वताइन । नेकपा नेतृत्वको सरकारको ३ बर्षे कार्यकालमा भ्रष्टाचार पनि उग्र रुप लिएको वताइन ।
उनले भनिन सिंघ दरबार घर घर पुगेको होइन, ओलीको भ्रष्टचार घर घरमा पुगेको छ ।
प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्वविेदी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाली कांग्रेसका नेता अरविन्द गु्प्त, नेतृ रुपा श्रेष्ठ, पत्रकार महासंघ पर्साका पूर्व सभापति अशोक तिवारी लगायतको उपस्थिती रहेको थियो ।