प्रतिगामी कदम बिरुद्ध देशभर वडास्तरिय प्रदर्शन

117

बिरगंज ।
नेपाली कांग्रेसको वडा स्तरीय बिरोध प्रदर्शन अंतर्गत वडा न. ११,१२ र १३को संयुक्त रैलीले परिक्रमा गर्दै बिरोध सभाको आयोजना गरेको छ। नेपाली कांग्रेस वडा न. ११ का बूथ सभापति गोपाल रौनियारको अध्यक्षतामा मुरलीचौकमा अयोजित सभामा वडा न. १२का सभापति बिरेन्द्र महतो, वडा न. १३का कबिर अंसारीले आफ्नो मंतब्य ब्यक्त गरेका थिए।

बिरोध प्रदर्शनमा बीरगंज महानगरपालिका उपमेयर शान्ति कार्की,नेपाली कांग्रेस पर्सा क्षेत्र न. १का सह-सभापति अरविन्द गुप्ता,नेपाली कांग्रेस पर्सा का प्रवक्ता जितेन्द्र पुरूष ढकाल, महाधिवेशन प्रतिनिधि किरण सरकार,दिनेश पंत बिनय सिंह लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन क्षेत्रिय सचिव मनोज महतोले गरेका थिए। ओली सरकारले चालको प्रतिगामी कदम बिरुद्ध देशभर नेपाली कांग्रेस वडास्तरिय प्रदर्शन गरेको छ।