मागीखाने तथा ठगीखाने भन्दा गरिखाने आजको आवश्यकता : निवर्तमान सांसद चौधरी

45

संतोष रन्जितकार
वीरगंज, १५ माघ ।
नेपाली का·्रेसका निबर्तमान सांसद तथा बरिष्ठ उद्यमी बिनोद चौधरीले आपुर्ति र उत्पादनबिचको खाडल पुर्नुपर्नेमा जोड दिनुभएको छ ।
देशका क्षमतावान र प्रतिभावान युवाशक्ति वैदेशिक रोजगारमा पलायन हुनु दु:खद विषय भएको बताउँदै उनिहरुले विदेशमा सिकेको सिप र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरणको निर्माणमा आफुहरु लागेको बताउनुभयो ।
वीरगञ्जमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता तथा बरिष्ठ उद्यमी चौधरीले मागीखाने तथा ठगीखाने भन्दा पनि गरी खाने समयको मागलाई मध्यनजर गर्दै औद्योगिक नगरी तथा मुलुकको प्रमुख प्रवेशद्वार वीरगञ्जबाट गरीखाने अभियानको शुरुवात गरिएको बताउनुभयो । दिर्घकालिन सोच र आत्मविश्वास बोकेका युवा जमातको क्षमता र भिजनलाई कार्यन्वयन गरी सार्थक रुप प्रदान गर्ने अभिप्रायले सातै प्रदेशमा अभियानको शुरुवात गरिने उहाँको भनाई छ ।
प्रेस युनियन पर्साका उपाध्यक्ष बिजय चौहानको सभापतित्वमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले उद्यम र व्यवसायको हिसाबले अग्रपड्ढ्तिमा पहिचान बनाएको वीरगञ्जबाट गरीखाने अभियानको शुभारम्भ गरिएको र यसले धेरै युवाहरुलाई रोजगार दिनुका साथै रोजगार दिलाउन योग्य बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता सुरेन्द्र प्रसाद चौधरी, नेपाली का·्रेस पर्साका सभापति अजय दिवेदी, मकवानपुरका सभापति इन्द्र बानिया, रौतहटका सभापति कृष्ण यादब, सिम्रौनगढका नगरपालिकाका मेयर बिजय यादब, पत्रकार महासंघ प्रदेश न. २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्साका अध्यक्ष श्याम बन्जारा लगायतको सहभागिता रहेको नेविसंघ पर्साका निवर्तमान अध्यक्ष दिलिपराज कार्कीले जानकारी दिनुभयो ।