जितपुरमा धमाधम सडक ढलानको कार्य हुदै

28

मनोज साह
जितपुर, १० फागुन ।
जितपुरको सडक धमाधम ढलान भइराखेका छन् । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ रामटोलमा सडक ढलानको कार्य आजदेखि शुरु भएको हो । वडा नं. ७ का वडाअध्यक्ष रामबाबु गुप्ताले उक्त ढलान हुन लागेको सडकको पूजा गरी ढलान कार्य शुुरु गरिएको थियो । वडा ७ को कार्यालयले करिब १० लाखको लागतमा जितपुरको पहाडी टोलमा सडकको ढलान गर्न लागेको हो ।
सो ढलान कार्यमा वडा नं. ७ वडा सदस्य मोहराम मंसुर, महिला सदस्य श्रीमती दुर्गा रिजाल, श्रीमती ज्ञनी पासवान, महिला नेत्री आशा दाहाल, उपभोक्ता समितका अध्यक्ष बलिराम गुप्ता लगायत स्थानीयहरुको उपस्थित रहेको थियो ।
त्यसैगरी प्रदेश दुईको २५ लाखको बजेटबाट जितपुरको सशस्त्र प्रहरी बेस जाने सडकको ढलान भएको छ । समाजसेवी घनश्याम गिरी, नगर उधोग वाणिज्य संघ महासचिव शिवजी सोनार, उपभोक्ता समितका अध्यक्ष कपुर पुरी लगायतका उपस्थिति रहेको थियो ।