पर्सामा पहिलो चरणको कोरोनाका विरुद्धको खोप ४५०० सय व्यक्तिले लगाए

36

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
कोरोना विरुद्धको खोप लगाउने अभियान अन्तर्गत पहिलो चरणको अभियानलाई सोमबार पनि निरन्तरता दिइएको छ । भारतले अनुदानमा पठाएको १० लाख खोप अन्तर्गत पहिलो चरणमा स्वास्थ्यकर्मी तथा सफाईकर्मीहरुलाई कोरोना विरुद्धको खोप लगाइएको थियो भने पहिलो चरणको नौ दिन सञ्चारकर्मीहरु, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मी बैंकर्स, सरकारी कर्मचारी बिधुत कर्मचारी विभिन्न संघ संस्था लगायत पर्सा जिल्ला अदालत का न्यायाधीश तथा सम्पुर्ण कर्मचारी हरुले खोप लगाएको जानकारी पर्सा स्वास्थ्य कार्यालय बाट खटिएकि जाश्मिन दवाडी ले जानकारी दिन ।
वीरगंजस्थित नारायणी अस्पतालमा अभियानको आज नौ दिन पहिलो चरण को खोप लागाउने अन्तिम दिन महिला र पुरुष गरि ३६२ जानाले कोरोना विरुद्धको खोप नि:शुल्क रुपमा लगाएका छन् । भने आज नौ दिन को अन्तिम समय सम्म मा पर्सा जिल्ला को विभिन्न स्थान गरि ४५४० जाना खोप लागाए जानकारी समेत गराइन ।
त्यसैगरी खोप दिनेहरुमा स्वास्थ्य कार्यालयबाट खटीएका सृष्टि बिष्ट, पुजा ठाकुर सपना ठाकुर मनिषा प्रजापति शुस्मा यादब चन्द्र मोहन मिश्रा सोनी कुमारी दास रहेकी थिइन् भने श्रवण कुमार यादव, नजिरा खातुन, समिधा पन्जियारले प्राबिधिक सहयोग गरेका थिए ।