भन्सार एरिया टोल सुधार समितिद्वारा पर्साका प्रजिअलाई ज्ञापन

46

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
ट्रकमा ओभरलोड गरेको क्लिन्करका कारण जनजीवन प्रभावित भएको भन्दै भन्सार एरिया टोल सुधार समिति बिरगंज (१६ ले पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई ज्ञापनपत्र बुझाएका छन ।
भन्सार एरिया टोल सुधार समिति(१६ बिरगंजका अध्यक्ष लालदेव प्रसाद यादवको नेतुत्त्वमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको कार्यकक्ष मै पुगि ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएका थिए ।
बिरगंज भन्सारबाट पैठारी हुने सिमेन्ट उद्योगमा प्रयोग हुने कच्चापदार्थ क्लिन्कर , डस , कोइला , बालुवा ट्रकमा ओभर लोड गरि सयौको संख्यामा दैनिक भित्रने ट्रकका कारण सो स्थानको जनजीवन प्रभावित भएको भन्दै सोको बिरोधमा केही दिन अघि रजत जयन्ती चोकमा १ घन्टा चक्का जाम गरेका थिए ।ट्रकमा ओभरलोड गरि , गाडीमा त्रिपालले नछोपी , अव्यवस्थित तरिकाले ल्याउने गर्नाले त्यसको धुलो बाटोमा आवतजावत गर्ने सर्वसाधारणलाई खानु परेको र ट्रकबाट उडेको क्लिन्कर बाटोमा छर्नुको साथै वरिपरि रहेका होटेल , घरमा समेत पस्ने भएकोले वातावरण प्रदुषित भैइ स्वास्थ्यमा समेत असर परिरहेको र यसबारे सुधार समिती मार्फत स्थानीयहरुले वडा समिति कार्यालय , बिरगंज महानगर पालिकालाई यहि माघ २४ गते ध्यानाकर्षण पत्र समेत बुझाईसकेको तर अहिलेसम्म सुनवाई नभएकोले बाध्य भएर आज १ घन्टा क्लिन्कर लोड गाडीलाई रोकि , गाडीका चालकहरुलाई एक घन्टाको क्लास लिइ आईन्दा ओभरलोड नगर्न , ढाला भन्दा माथी लोड नगर्न र व्यवस्थित रुपले ल्याउन आग्रह र अनुरोध समेत गरेका थिए ।
यसैगरि भन्सार एरियामा रहेका दर्जनौं कबाडीहरुले जनजीवन प्रभावित पारेको भन्दै यसले मानिसको स्वास्थ्य , जिवजन्तुहरु स्वास्थ्य , वरिपरि दुर्घन्ध र बाटो नालाहरु फोहरले भरिनुका कारणले स्थिति झन जटिल हुँदै गैइ रहेको र महानगर पालिकाले सरसफाइ गर्नु पर्नेमा स्थानीयहरुले नगर पालिकालाई बारम्बार ध्यानाकर्षण गराउदा पनि बेवास्ता गरेकोले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय पर्साको ध्यानाकर्षण गराउदै सो स्थानमा ट्रकले ओभर लोड नगर्न र वरिपरिको कवाडीहरुलाई व्यवस्थित गर्न समेत सो ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष लालदेव प्रसाद यादवले जानकारी दिनु भयो ।
ज्ञापनपत्र बुझाउनेमा उपाध्यक्ष फरिद आलम , सचिव उमेश लामा , कोषाध्यक्ष बिजय साह , सदस्यहरु हरिशन्कर यादव र प्रमोद यादव रहेका थिए ।