मास्कोट एकेडेमीद्वारा वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रमको आयोजना

18

संतोष रन्जितकार
वीरगंज, १० फागुन ।
वीरगञ्जमा शैक्षिक संस्थाहरुको सुचिमा नाम आउने विद्यालयअन्र्तगत पर्ने मास्कट एकेडेमी आजदेखी २१ औं वर्षमा प्रवेश गरेको छ ।
विगत २० वर्षदेखिका विभिन्न आरोह, अवरोह पार गर्दै २१ वर्षसम्मको यात्रालाई एकेडेमीले निरन्तरता दिँदै विद्यार्थी र अभिभावकको रोजाईमा पर्न सफल भएको हो ।
वार्षिकोत्सवको अवसरमा विद्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा १५ जना महिलासहित ५० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झाले जानकारी दिनुभयो ।
विद्यालयका निर्देशक छेदुप लामाको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव समारोहलाई वीरगञ्ज महानगरपालिका वडा न. ५ का अध्यक्ष प्रदिप चौरसिया, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतम, फोटो पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष पंकज श्रेष्ठ, वडा प्रहरी कार्यालय विर्ताका जीवन सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयकी प्रधानाध्यापिका अञ्जली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण शिक्षिका रोशनी श्रेष्ठले गर्नुभएको थियो ।
त्यसैगरि आजको दिन नै बिरगंज महानगरले संचालन गर्दै आएको विधालय स्तरीय मेयर कप अन्तर्गत आजको फुटबल खेलमा मास्कट बिरुद्ध त्रिजुद्धा मा.वि. बीचको क्वार्टर फाइनल खेलमा मास्कट एकाडेमीले ४–० गोलले बिजय हासिल गरेको प्रधानाध्यापक छेदुप लामाले जानकारी दिएका थिए ।