वातावरणीय चर्चा

25

(प्रनिल प्रधान )

वातावरण दिवस नजिकिदै गरेको अवस्थामा नेपाल सरकारले ल्याएको ढुङ्गा, गिटी, बलुवाको उत्खनन र व्यवसायको विषयमा वातावरण प्रति सचेत व्याक्तिहरुले आपति जनाउदै आउनुभएको छ । म वातावरण विज्ञानको विध्यार्थी साथै वातावरणको सम्बेदनशिलता महसुश गरेको नगरिकको हैसियतले सरकारकाे यस कार्ययोजनामा सहमत हुन सकिन।

चुरे क्षेत्र अरु भुभागको तुलनामा कमसल र जोखिमयुक्त छ। चुरे क्षेत्रको कमसल माटोमा व्यवसायको सम्भवना भन्दा जोखिम देखिन्छ । चुरे क्षेत्रको अव्यास्थित र जोखिम मुल्यंकन नगरि गरिने उच्च दोहनले कालान्तरमा चुरे क्षेत्र र यस्का तल र मथिका क्षेत्रहरुमा प्रकोप निम्त्याउँछ ।

वर्तमान अवस्थामा प्रायजसो आयोजनामा वातावरणिय आध्ययन Formality को रुपमा रहेको जानकार हुदाहुदै सरोकारवालाको यस तर्फ ध्यानाकर्षण नहुदा समग्र प्रणालिमा विकृती मौलाएको देखिन्छ। आध्ययन प्रतिवेदनमा उल्लेखित विज्ञको तथ्याङक संकलन, प्रतिवेदन निर्माण र Site Observation मा संलग्न नहुनुका साथै परामर्शदाताको छनौटमा पारदर्शिता नहुने जस्ता क्रियाकलापले यस वातावरण क्षेत्र चुरे भन्दा कमसल बन्दै गएको छ ।

आजको आवश्यता चुरे क्षेत्रको बहस भन्दा माथि उठेर गर्नुपर्ने बहसको रहेको छ । नितिगत रुपमा सबल रहेको यस वातावरण क्षेत्रमा मौलाएको विकृती सुधार नगरे सम्म चुरे क्षेत्र लगायत अन्य क्षेत्रको अवस्था थप विकराल बन्दै जानेछ ।